Section 20
अनुसन्धान अधिकृत नियुक्त गर्ने
(१) यस ऐन बमोजिम अनुचित कार्य वा भ्रष्टाचारको अपराधको प्रारम्भिक छानबिन वा अनुसन्धान र तहकीकात गर्न आयोगले आवश्यकतानुसार कुनै आयुक्त वा आयोगको कुनै कर्मचारी वा नेपाल सरकारको वा सार्वजनिक संस्थाको कुनै कर्मचारीलाई अनुसन्धान अधिकृत नियुक्त गर्न वा तोक्न सक्नेछ ।
तर आयोगले कुनै सरकारी वा सार्वजनिक संस्थाको कर्मचारीलाई अनुसन्धान अधिकृत नियुक्त गर्नु पर्दा वा तोक्नु पर्दा अवस्थानुसार नेपाल सरकार वा सम्बन्धित सार्वजनिक संस्थाका कार्यालयको प्रमुख पदाधिकारीसँग परामर्श गरेर नियुक्त गर्नु वा तोक्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम आयोगबाट नियुक्त भएको वा तोकिएको अनुसन्धान अधिकृतले यस ऐन बमोजिम अनुसन्धान र तहकीकातको सम्बन्धमा आयोगलाई प्राप्त अधिकारको प्रयोग गर्न सक्नेछ ।